नवीनीकरणको कारणले १६ मार्चको राती द्वितीय हुगली सेतुमा दुई घण्टासम्म यातायात बन्द रहने

vidyasagar-setu-051305-16x9.jpg

हावड़ा: नवीनीकरण कार्यको कारणले यस सप्ताहाको अन्त अर्थात आगामी 16 मार्चको राती द्वितीय हुगली सेतुमा दुई घण्टाको लागि यातायात बन्द रहनेछ। यस सम्बन्धमा कोलकाता पुलिस आयुक्त विनीत कुमार गोयलले एक निर्देशिका जारी गरेका छन्।

प्राप्त जानकारी अनुसार आगामी शनिवार राती एक बजेदेखि तीन बजेसम्म सेतुमा यातायात बन्द राखिनेछ। सेतु बन्दको कारणले १६ मार्चको राती कोलकाताबाट सबै वाहनहरूलाई सेन्ट जर्ज गेट रोड, स्ट्याण्ड रोड, हावड़ा ब्रिजको माध्यमबाट हेस्टिंग्स क्रसिंग ग्रेड रोडबाट डायभर्ट गरिनेछ। यसरी नै हावड़ा दिशाबाट पनि ट्राफिकलाई नियन्त्रण गरिनेछ। सूत्र अनुसार हावड़ादेखि निबरा क्रसिंग अनि सन्तरागाछी हुँदै कोलकाता जाने सबै वाहनहरूलाई डायभर्ट गरिनेछ।

उल्लेखनीय छ, दोस्रो हुगली ब्रिज अर्थात विद्यासागर ब्रिजको नवीनीकरणको कारणले बितेको चार महिनादेखिकै ब्रिजमा ट्राफिक नियन्त्रण गरिँदैछ। हुगली ब्रिजमा गत वर्षको एक नोभेम्बरदेखि यातायातमाथि नियन्त्रण गर्न शुरू गरिएको थियो। ब्रिजको मरम्मत कार्य त्यैबेलादेखि शुरू भएर आगामी 30 जूनसम्म चल्नेछ।

About Author

Advertisement