नवनिर्वाचित विधानसभा अध्यक्ष अरूण उप्रेतीको राज्यपालसँग भेट

IMG-20220824-WA0181.jpg

गान्तोक: सिक्किम विधानसभाका नवनिर्वाचित अध्यक्ष अरुण कुमार उप्रेतीले बुधबार राजभवन परिसरमा राज्यपाल गंगा प्रसादसँग शिष्टाचार भेट गरे। अध्यक्षको जिम्मेवारी सम्हालेपछि राज्यपालसँग उनको यो पहिलो भेट हो। बैठकमा विधानसभाका उपाध्यक्ष सांगे लेप्चा पनि उपस्थित थिए। सिक्किम विधानसभाका पूर्व अध्यक्ष एलबी दासले राजीनामा दिएपछि उक्त रिक्त पदमा गान्तोक जिल्ला आरिथाङ समष्टिका विधायक अरुणकुमार उप्रेती अध्यक्ष पदमा निर्वाचित भएका छन्‌। बैठकमा राज्यपालले अध्यक्ष उप्रेतीलाई बधाई तथा सङ्गल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

About Author

Advertisement