नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्य सिक्किम आइपुगे

CollageMaker_2023215233535835.jpg

गान्तोक: आज सिक्किम राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य सिक्किम आइपुगेका छन्। यस अवधि उनीसँग उनकी पत्नी एलपी आचार्य, गृह विभागका अतिरिक्त मुख्य सचिव ए. सुधाकर राव, राज्यपालका एडीसी मेजर सन्दीप मिश्र साथमा रहेका थिए। उनलाई त्यहाँ राज्यका संसदीय मामिला मन्त्री कुङ्गा निमा लेप्चाले स्वागत जनाए। सो क्रममा त्यहाँ कौशल विकास विभागीय सचिव के. नामग्याल, स्टेट प्रोटोकल अफिसर टेम्पो टी. पुल्गर, बाघडुग्रा साथै सिलगड़ी एकाईका प्रोटोकल अधिकारीहरूको उपस्थिति रहेको थियो।

जानकारी गराइन्छ, राज्यका निवर्तमान राज्यपाल गंगा प्रसादको कार्यकाल समाप्त भइसकेपछि उनको विदाईमा गत १४ फरवरीको दिन यहाँको सम्मान भवनमा विदाई रात्रिभोज आयोजन गरिएको थियो जहाँ राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँगै अन्यको उपस्थिति रहेको थियो। यस अवधि मुख्यमन्त्री पीएस गोलेले निवर्तमान राज्यपाल गंगा प्रसाद राज्य सरकारलाई मार्गनिर्देशन गराउने महान स्रोत रहेको उल्लेख गर्दै सिक्किम राज्यमा लगभग ५ वर्ष सेवा पुयाएकोमा राज्यवासीको पक्षबाट कृतज्ञता प्रकट गरेका थिए।

About Author

Advertisement