नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च नागरिक सम्मान ‘रोयल नर्वेजियन अर्डर अफ मेरिट’ को ‘ग्रान्ड क्रस’ बाट सम्मानित गरिएको छ। यो सम्मान नर्वेका राजा हेराल्ड पञ्चमद्वारा प्रदान गरिएको हो।
विभिन्न स्रोतका अनुसार, द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको कारण प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
यस सम्मानसँगै प्रधानमन्त्री मोदीले अहिलेसम्म कुल ३२ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्, जसलाई उहाँको वैश्विक नेतृत्व र अन्तर्राष्ट्रिय स्वीकार्यताको प्रतीकका रूपमा हेरिएको छ।
विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय मञ्चमा भारतको बढ्दो भूमिका तथा कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन प्रधानमन्त्रीको भूमिका यस मान्यतामार्फत फेरि एकपटक प्रमाणित भएको छ।










