नयाँ कमानको श्रमिकहरूले पोखे आफ्नो ब्यथा!

Screenshot_20230527_225659_WhatsApp.jpg

चूनावको समयमा भोट हाल्न लगाउँनेहरू नेतृत्वहरू खै आज कहाँ छ?

दार्जीलिङ: चूनावको समयमा यसमा भोट हाल त्यसमा भोट हाल भन्ने नेताहरू आज कहाँ छ भन्दै नयाँ कमानको श्रमिकहरू बिच्किए। खरसाङ महकुमा अन्तर्गत तीनधारे स्थित सिलिमहिल चिया बगानको नयाँ कमानमा कार्यरत श्रमिकहरूको समस्याहरूसंग आत्मासात गर्न आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स त्यहाँ पुगेका थिए। त्यस अवधि एक पथ सभाको आयोजना पनि भएको थियो।आयोजित पथ सभालाई सम्बोधन गर्ने क्रममा स्थानीय श्रमिकहरूले गत केही महिना अघि सम्पन्न भएको जीटीए सभाको चूनावमा हामीलाई यसमा भोट हाल, त्यसमा भोट हाल,तिमीहरू लाई आपत पर्दा हामी नै हो भन्दै हामीलाई भोट हाल्न लगाउँने नेतृत्वहरू आज हामीलाई आई पर्दा खै कहाँ छ भन्दै स्थानीय चिया श्रमिकहरू बिच्किए। आज चिया श्रमिकहरूलाई पर्दा बगानको मुन्सी, कामदारी, अफिस बाउ खै कहाँ छ? भन्दै पिडित श्रमिकहरूले प्रश्नमाथि प्रश्न तेर्साए।आज हाम्रो पार्टीको भाइहरू यहाँ आएर हामीलाई खाना दियो, हामी हाम्रो आवाजलाई बुलन्द राख्नलाई यहाँ बस्नेको घरमा गएर गाई बस्तूको घाँस काटनु? हामीलाई कमानको रोजीले पूग्दैन, त्यसकारण हामीले गाई बस्तु पालेका छौ, हिजअस्ती मात्र सभासद नवराज छेत्री आए। मलाई कसैले चम्काएको छैन, म सिधा सोझो मान्छे हो अनि सिधा मान्छेको सिधा कुरा, मलाई कसैको डर लाग्दैन भन्दै पिडित श्रमिकले आफ्नो आक्रोश पोखे। हामी हाम्रो मांग लिएर गत ९ दिनदेखि सडकमा ओर्लिएका छौ तर यतिका दिनहरू विति सक्दा पनि उनीहरूले हाम्रो दुख बुझेर हाम्रो निम्ति केही गरी दिएको छैन, मैले मेरो आक्रोश पोख्दा मलाई घर राख्छ भने राखोस तर मैले पाउनु पर्ने पैसा दिई हाल्नु पर्छ। त्यसरी नै अर्को श्रमिकले अघि भने बगानको चियाका विरुवाहरू नउखाली दिने अनुरोध गर्दै आई रहेका छौ। बगानको बोटहरू उखाली दिए हामी कहाँ गएर काम गर्ने भन्दै हामीले यौ चिया बगानमा काम गरेर नानीहरूको पालन पोषणहरू गर्दैछौ, यी चियाको बोटहरू नै उखाली दिए हामी कहा गएर काम गर्नु भन्दै आफ्नो कथा सुनाए।

About Author

Advertisement