नयाँ कमानको जीर्ण बाटोलाई भोट मांग्ने भाडा मात्र बनाए

IMG_20221217_224724.jpg

महिना दिनभित्रमा निर्माण कार्य शुरू नभए हाम्रो पार्टी एक्सनमा आउँनेछ: जुगल प्रधान

दार्जीलिङ: सप्ताह एंव महिना दिनभित्रमा क्षेत्रिया सभासदले आफ्नो वचन पूरा नगर्ने हाम्रो पार्टी एक्सनमा आउँने चेताउनी दिएको छ। २४ नम्बर समष्टि को हाम्रो पार्टी महासचिव जुगल प्रधानले नयाँ कमान क्षेत्रको बासिन्दाहरूलाई नेताहरूले चूनाव को अवधि बाटोको निर्माण गरी दिने आश्वसनहरू मात्र दिन्दै आई रहेको बताए।गत २०२१ मा २४ नम्बर समष्टि अन्तर्गत नयाँ कमानमा बाटो निर्माणको शिलान्यास कार्य गरिएको थियो तर यतिका बर्षहरू विति सक्दा पनि नयाँ कमान बाटोको पूर्ण निर्माण कार्य भएको छैन। बंगाल विधानसभा चूनावको अवधि नेताहरूले जेसीवी ल्याएर बाटो खन्ने कामहरू गरयो तर बाटोको निर्माण कार्य पूरा गर्ने काम गरेनन केवल जनताको आखाँ छल्ने कामहरू मात्र गरयो। गत जीटीए सभाको चूनाव अवधि पनि नयाँ कमानको बासिन्दाहरूलाई बाटोको निर्माण कार्य शीध्र नै गरिने वाचाहरू गरयो अनि नयाँ कमानको बासिन्दाहरूले यस पटक त बाटोको निर्माण गर्छ होला भन्ने ठानेर आफ्नो मतहरू दिए तर जनताको आखाँ छल्ने कामहरू मात्र दोहोरियो। चूनाव अधि यस क्षेत्रको नाम चलेको कम्पनीले बाटोको निर्माण कार्य शुरू गर्ने काम गरेको थियो,त्यस अवधि हजार गोलाईको निर्माण कार्य पनि गरिएको थियो तर गोलाई लगाएको वालहरू सवै भत्किएर गई सकेको छ, भत्किएको गोलाईको कारणले गर्दा भस्मे गाउँको स्थिति चिन्ता जनक भएको तिनले आरोप लगाए।हाम्रो पार्टीको २४ नम्बर समष्टि महासचिव जुगल प्रधानले नयाँ कमानको बाटो निर्माणको ८० लाख रूपियाँको वील सम्बंधित विभागले पारित गरेको हल्लाहरू चल्दै आएको तिनले आरोप लगाए।नयाँ कमानमा बाटो निर्माणको कार्य भएकै छैन तर ८० लाख रूपियाँको वील कसरी पारित भयो?भन्ने प्रश्न पनि तेर्साए। चूनाव को अवधि भोट मांग्न आउँदा मात्र बाटोको अवस्थामाथि चिन्ता ब्यक्त गरेर हुदैन सप्ताह एंव महिना दिनभित्रमा नयाँ कमानको बाटो निर्माण गर्ने कार्य नभएको खण्डमा हाम्रो पार्टीको पक्षबाट ठोस कदम उठाउँने समष्टि महासचिव प्रधानले चेताउनी दिए।

About Author

Advertisement