नक्सलबारी: नक्सलबारी खण्ड प्रशासनद्वारा आज मानिसहरूलाई जमिनको पट्टा वितरण गरियो। नक्सलबारी खण्ड विकाश कार्यालयको डोकरा हालमा आज एउटा कार्यक्रमबीच स्थानीय १०६ जना मानिसहरूलाई जमिन पट्टाको प्रमाण पत्र हस्तानन्तरण गयो।

यस अवसरमा सिलगढी महकुमा परिषदका अध्यक्ष अरुण घोष, जिल्ला कल्याण अधिकारी अनबिल दत्ता, नक्सलबारीका बीडीओ अरिन्दम मण्डल, नक्सलबारीका भूमि एवं भू- राजस्व अधिकारी बिप्लप हलदर सहित पञ्चायत समिति तथा पञ्चायत प्रमुख उपस्थित थिए।

यस कार्यक्रमलाई सम्बोधन गर्दै सिलगढी महकुमा परिषदका अध्यक्ष अरुण घोषले भने, द्वारे सरकार शिविरमा जमिन पट्टाको लागि आवेदन गर्नेहरूलाई मात्र दुई महिनाको अवधिमा नै सरकारले तिनीहरूको जमिनको पट्टा प्रदान गरेको छ।

यसको साथै आगामी दिनमा अन्य मानिसहरूलाई पनि सरकारले तिनीहरूको जमिनको पट्टा प्रदान गर्नेछ।









