नक्सलबाडी हाड बजार

IMG_20221001_174136.jpg

पानीघट्टा: आज दशैको सौदापत गर्ने अन्तिम हप्ता रहेकोले मंगलबार र शनिबार लाग्ने नक्सलबाडी हाड बजार आज शनिबार को दिन धेरै नै भीड रहेको थियो। भारत नेपाल सीमावर्ती मा पर्ने यो नक्सलबाडी हाडमा भारतको सीमावर्ती क्षेत्रबाट मात्र होईन नेपाल तिरबाट पनि सौदापत गर्न धेरै आउने गर्छ। दशैको हप्ता परेको ले गर्दा ब्यापारीहरूले पनि मौकाको फाईदा उठाउने गर्छ।आज नक्सलबाडी हाडमा सौदापात गर्न आउने मानिसहरूले धेरै असुबिधा पनि खप्नु पर्यो मान्छेको भीडमा पनि साना साना गाडी जबर्जस्ती छिराउने गरेकोले बजार भित्र सौदापात गर्नेहरूलाई धेरै नै समस्या भएको सजीत तामाङ बताउँछन्।

About Author

Advertisement