​’धुरन्धर २’ मा दाउदको चित्रणप्रति रामगोपाल वर्माको असन्तुष्टि

photocollage_202641719301384

मुम्बई: चर्चित फिल्ममेकर रामगोपाल वर्माले फिल्म ‘धुरन्धर २’ मा देखाइएको अन्डरवर्ल्ड डन दाउद इब्राहिमको चरित्र चित्रणलाई लिएर प्रश्न उठाएका छन्। आदित्य धरको निर्देशनमा बनेको यस फिल्मको प्राविधिक पक्ष र कथावाचनको प्रशंसा गरे तापनि वर्माले दाउदको भूमिकालाई भने सही मान्न नसकिने बताएका छन्। हालै लेखक हुसेन जैदीसँगको कुराकानीमा उनले फिल्ममा दाउदलाई ‘बडे साहब’ का रूपमा चित्रण गरी पाकिस्तानबाट भारतमा आतंकवादी गतिविधि सञ्चालन गर्ने मास्टरमाइन्ड देखाइएको प्रति विमति जनाएका हुन्।
​वर्माका अनुसार दाउद इब्राहिम विगत २० वर्षदेखि नै यस्ता आपराधिक क्रियाकलापबाट टाढा भइसकेका छन् र लामो समयदेखि निष्क्रिय छन्। फिल्ममा दानिश इकबालले निर्वाह गरेको यो भूमिका यथार्थभन्दा फरक रहेको उनको दाबी छ। यद्यपि, उनले यस विषयमा आफू मात्र पूर्ण सत्य रहेको दाबी नगर्ने बताउँदै फिल्म निर्देशकले पनि आफ्नो चित्रणलाई पूर्ण रूपमा सही साबित गर्न नसक्ने टिप्पणी गरे। अन्डरवर्ल्डका विषयमा थुप्रै फिल्म बनाएका वर्माले दाउदको हालको अवस्थालाई फिल्ममा गलत तरिकाले प्रस्तुत गरिएको जिकिर गरेका छन्।

About Author

Advertisement