धार्मिक शोभा यात्रासंगै कार्थोक गुम्बामा सागा दावा पालन

IMG-20250611-WA0092

गान्तोक: राज्यको विभिन्न स्थानमा सागा दावा पर्व भव्यरूपमा पालन गरियो। विशेष गरेर भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाणको सम्झनामा सागा दावाको पवित्र पर्व पालन गरिन्छ। यसअन्तर्गत आज कार्थोक गुम्बामा पनि श्रद्धा र भक्तिभावपूर्वक कार्यक्रम सम्पन्न गरियो। यस अवसरमा नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चा, जिल्ला अध्यक्ष ल्हादेन भोटिया लगायत अन्यहरूको उपस्थिति रहेको थियो। आज बिहानदेखि नै कार्यक्रममा सहभागिता जनाउन स्थानीयहरूको भीड़ लागेको थियो। कार्यक्रको पहिलो चरणमा कार्थोक गुम्बाबाट शोभा यात्रा निकालियो। जो पाकिम बजार, भानु टर्निङ, नयाँ बजार हुँदै पूनः गुम्बा परिसरमा पुगेर समापन भएको थियो। यस अवसरमा बौद्ध धर्मावलम्बीहरूले पवित्र धर्मिक पुस्तक पेचा र फोटो बोकेर पारम्पारिक ढङ्गमा यात्रामा सहभागिता जनाएका थिए।

About Author

Advertisement