धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या

IMG-20240612-WA0029.jpg

बिराटनगर: आफ्नै आमाको हत्या आरोपमा भोजपुरको अरुण गाउँपालिका वडा नं. ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पुलिसले पक्राउ गरेको छ। उनले आफ्नै आमा ६८ वर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको पुलिसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको जानकारी पाउनासाथ अस्थाई पुलिस पोष्ट चरम्बी र इलाका पुलिस कार्यालय तिवारी भञ्ज्याङबाट पुलिस टोली खटिइ मिलनलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिस को भनाइ छ।

About Author

Advertisement