द्रौपदी मुर्मुसित सिक्किमका प्रतिनिधिहरूको भेटघाट स्थगित

Draupadi-Murmu-Education-4.jpg

गान्तोक: आज जापानको पुर्व प्रधानमन्त्री सिन्जो आबोको हत्या गरिएको घटनालाई लिएर देशमा एक दिने शोक पालन गरियो। यसैले गर्दा एनडीए राष्ट्रपति पदका उम्मेद्वार द्रौपदी मुर्मुसित सिक्किमका विधानमण्डल टोलीले भेट गर्ने पुर्व निर्धारित कार्यक्रमलाई स्थगित गरिएको छ।

यो कार्यक्रम आगामी ११ जुलाईको दिन सारिएको छ। उक्त दिन भेट गर्ने तय भएको छ। यसबारे सिक्किमको मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सचिव जेलब खालिङले एक पत्रकार सम्मेलनको आयोजना गरी यो जानकारी सार्वजनिक गरेको छ।

About Author

Advertisement