कोलम्बो: भारतीय क्रिकेट टोली श्रीलंकाविरुद्ध दोस्रो टेस्ट म्याच जित्ने नजिक पुगेको छ। बुधवार चौथो दिन फलोअन्-को सामना गर्ने श्रीलंकाले दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो इनिंग्समा ६ विकेटमा २२९ रन बनाएको छ। यसरी आयोजक टोलीसँग अहिले केवल १६ रनको बढ़त रहेको छ। बुधवार खेल समाप्त हुँदासम्म सोनल दिनुषा ७ र केशारा नुवान्था ३ रन बनाएर खेलिरहेका थिए। भारतले ९ विकेटमा ५०३ रन बनाएर आफ्नो पहिलो इनिंग्स घोषित गरेको थियो। त्यसपछि श्रीलंकाको पहिलो इनिंग्स २९० रनमा समाप्त भएको थियो। यसरी भारतलाई पहिलो इनिंग्सको आधारमा २१३ रनको विशाल बढ़त हासिल भयो अनि श्रीलंकाई टोली फलोअन्-को सामना गर्न बाध्य भयो। श्रीलंकाको दोस्रो इनिंग्समा आज पासिन्दु सूरियाबन्दारा (९२) र कामिण्डु मेण्डिस (५५ रन)-ले अर्द्धशतक बनाए पनि अन्य कसैले उपयोगी योगदान दिन सकेनन्। श्रीलंकाको दोस्रो इनिंग्समा भारतीय बलरहरूमा मानव सुथारले सर्वाधिक २ विकेट लिए। श्रीलंकाको दोस्रो इनिंग्समा शुरुवात असल रहेन अनि टोलीको स्कोर ६३ रन पुग्दासम्म २ विकेटको पतन भइसकेको थियो। यसमा लाहिरु उदाराले ३ रन बनाए जबकि कामिल मिशाराले ३२ रनको योगदान दिए। यसरी दुवै ओपनर आउट भएपछि सूरियाबन्दारा र मेण्डिसले तेस्रो विकेटको निम्ति ११५ रनको पार्टनरशीप गरे। मेण्डिसले ८७ बलमा अनि सूरियाबन्दाराले ७८ बलमा आफ्नो अर्द्धशतक पूरा गरे। अन्तमा प्रसिद्ध कृष्णाले मेण्डिसलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े, जसले ९२ बलमा ५५ रन बनाए। मेण्डिसले ३ वटा छक्का र २ वटा चौका लगाए।
मेण्डिस आउट भएपछि सूरियाबन्दाराले रन बनाउन जारी राखे अनि शतकको दिशामा अग्रसर थिए। चिया (टी) ब्रेकपछि भारतीय बलरहरूले असाधारण पुनरागमन गर्दै ३ विकेट हासिल गरे। कप्तान धनञ्जय डी सिल्वा २३ रन बनाएर सुथारको शिकार बने अनि लगत्तै पछि सूरियाबन्दारा पनि आउट भए। उनले १७३ बल खेलेर १० वटा चौका र एउटा छक्काको सहायताले ९२ रन बनाए। त्यसपछि सारांश जैनले निरोशन डिकवेला (६ रन)-लाई आउट गरी श्रीलंकालाई छैटौं धक्का दिए। भारतसँग श्रीलंकाको इनिंग्स समाप्त गर्न लगभग एक घण्टा समय थियो तर वर्षाले गर्दा खेल चाँड़ै समाप्त गरियो। यसअघि मंगलवारको स्कोर ८ विकेटमा २६५ रनदेखि अघि खेल्दै श्रीलंकाले आज आफ्नो पहिलो इनिंग्सको स्कोरमा २५ रन जोड़ेर रहल २ विकेट गुमायो। तेस्रो दिन ८५ रनमा अविजित रहने सोनल दिनुषाले आज आफ्नो शतक पूरा गरे।दिनुषाले १६२ बलमा १०३ रन बनाए, जसमा ८ वटा चौका र ३ वटा छक्का सामेल छ। यसरी लाहिरु कुमारा १२ रन बनाएर आउट भए।









