गेजिङ: बीरबहादुर गुरुङ, धनबहादुर प्रधान अनि मीना कुमारी छेत्रीको स्मृतिमा आयोजना गरिएको पुरुष अनि महिला वर्गको खुल्ला फूटबल प्रतियोगिताको सेमिफाइनल आज सम्पन्न भएको छ। देन्तामको सार्वजनिक खेलमैदानमा सम्पन्न भएको महकुमा स्तरीय ७८औं स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न यस खेलमा आज महिला अनि पुरुष वर्गको तीनवटा खेल सम्पन्न भएको थियो। महिला वर्गमा अन्तर क्षेत्र स्तरीय खेलमा मानेबुङ सोपाखा जिल्ला प्रादेशिक क्षेत्र बनाम गितांग कर्मटार जिल्ला प्रादेशिक क्षेत्रमाझ भएको भिडन्तमा
गितांग कर्मटार जिल्ला प्रादेशिक क्षेत्रले मानेबुङ सोपाखा जिल्ला प्रादेशिक क्षेत्रलाई शून्यकोविरुद्ध तीन गोल गरेर आफ्नो दललाई फाइनलमा प्रवेश गरेको छ। पुरूष वर्गकोबदोस्रो सेमीफाइनल खेल सेकमारी चुम्बो बन्दुके बनाम देन्ताम पुलिसबीच भएको थियो। खेलमा सेकमारी चुम्बोलाइ देन्ताम पुलिसले एकको विरुद्ध चार गोलले जीत हासिल गरि फाइनलमा स्थान सुनिश्चित गरेको छ। यसरीनै तेस्रो खेल सरदुंग लुङजिक बनाम च्याखुङ स्पोर्टिङ क्लबबीच भएको थियो। यस खेलमा च्याखुङ स्पोर्टिङ क्लबले विजयी हासिल गरि फाइनलमा प्रवेश गरेको छ।










