दुष्कर्मको आरोप लागेका आरोपीद्वारा आत्महत्या

IMG-20240726-WA0213

सिलगढी: सिलगढी डिभिजनको खोरीबारी क्षेत्रमा तृणमूल कांग्रेसका एक नेतालाई एक बालिकालाई दुष्कर्म गरेको आरोप लागेको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको थियो, तर यसैबीच आज उनले झुण्डिएर आत्महत्या गरेका छन्। यसले सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ।  लोक शिल्पकार तथा तृणमूल कांग्रेसका नेता जगदीश रायको शव आज खोरीबारी चक्कर्मरी शवदाह क्षेत्रमा भेटियो। उनीमाथि दुष्कर्मको आरोप लिएर बालिकाकी बाबुले खोरीबारी पुलिस चौकीमा प्राथमिकी दिएका थिए। यसपछि पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान शुरु गरेको थियो। यसैबीच आज जगदीश रायको झुण्डिएको शव फेला पर्यो। पुलिसले शवलाई पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाएको छ। घटनाको गहिराइमा पुग्न पुलिसले नयाँ अनुसन्धान थालेको छ।

About Author

Advertisement