कालचिनीः कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़को आदमा गाउँमा आज कालचिनी विधायक विशाल लामाद्वारा आज गाउँका ५० जना आवस्यकमन्द बासिन्दाहरूलाई कम्बल वितरण गरीएको जानकारी भाजपा कालचिनी विधानसभा संयोजक आलोक मित्रले दिएका छन्। आज मूलतः भाजपाको बुथ कमिटीको गठन लिएर आदमा बुथमा सभा गरिएको र बुथ कमिटीको गठन पश्चात नै विधायक विशाल लामाको पक्षबाट कम्बल वितरण गरिएको थियो।

सो अवसरमा कालचिनी विधायक विशाल लामा लगायत भाजपा कालचिनी विधानसभा संयोजक आलोक मित्र, भाजपा राजभातखावा मण्डलका उपसभापति गोपी शर्मा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।









