दुई दिवसीय कला उत्सव आरम्भ

626c3882-c9be-4628-9ab6-f4ef321d1846


कालचिनी – समग्र शिक्षा मिशन अलिपुरद्वार जिल्लाको आयोजनामा आजदेखि दुई दिवसीय जिल्लाव्यापी कला उत्सवको उद्घाटन भएको छ। कालचिनीस्थित यूनियन एकाडेमी स्कूलको परिसरमा शुरु भएको उक्त समारोहमा अलिपुरद्वारको एडीएम जेनेरल पुष्पक राय लगायत अलिपुरद्वार जिल्ला सभाधिपति शीला दास सरकार, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, डीपीएससी चेयरम्यान परितोष बर्मन, कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियार, शिक्षा कर्माध्याक्ष प्रेम लामा एवम् कालचिनी बीडीओ कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आजदेखि उक्त कला उत्सवमा क्लासिकल, ट्रेडिशनल फोक, ड्रामा, भिजुअल आर्ट, इन्डिजिनियस टोय अनि खेला र वाद्य सामग्रीहरूको प्रतियोगिता शुरु भएको जसमा विभिन्न स्कूलका विद्यार्थीहरूले संगीत औ लोक सांस्कृतिक एवम् ड्रामा आदि वर्गमा सहभागिता जनाएको आयोजक कमिटीको पक्षबाट प्रेम लामाले बताएका छन्। मूलतः शिक्षा‌ विभागको तत्परता औ राज्य सरकारको निर्देशमा नै यो कला उत्सव भइरहेको र यस मार्फत योग्य कलाकार विद्यार्थीहरूले सही मञ्च पाउने सक्ने सम्भावना रहेको र यसको साथै लोक संगीत, लोक कला र पारम्परिक कला संस्कृतिको पनि संरक्षण औ सम्वर्द्धन हुने उपस्थित अतिथिहरू जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, डीपीएससी चेयरम्यान परितोष बर्मन र अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकारले जनाएका छन्। आज सम्पन्न प्रतियोगिता र भोलि हुने प्रतियोगिताको फलाफलले जिल्ला एवम् राज्य स्तरीय प्रतियोगितामा योग्य कलाकारहरूको छनौट हुने बताउँदै केवल किताबी ज्ञान अर्जन मात्र नभएर विद्यार्थीहरूको कला पनि विकसित हुने आयोजक कमिटीको पक्षबाट शिक्षा कर्माध्याक्ष प्रेम लामाले थप जनाएका छन्।

About Author

Advertisement