दुई ठाउँबाट ५५ लाख मूल्यको ब्राउन सुगर बरामद, तीन जना पक्राउ

IMG-20240808-WA0145

मालदा: मालदा जिल्ला पुलिसले दुई फरक ठाउँबाट ५५ लाख रुपियाँको ब्राउन सुगर बरामद गरेको छ। पुलिसले दुई फरक स्थानमा छापा मारेर ठूलो परिमाणमा ब्राउन सुगरसहित तीन जनालाई लागूऔषध कारोबारको आरोपमा पक्राउ गरेको छ। पुलिसले वैष्णवनगर थाना इलाकाको इलाहितोलाबाट गएराति दुई जनाल पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट २७५ ग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका दुई जनाको नाम दिवाकर मण्डल र राजेश मण्डल रहेको पुलिसले जनाएको छ। उनको घर वैष्णवनगर थानाको शुकदेवपुर क्षेत्रमा छ। दुवैले मोटरसाइकलमा ब्राउन सुगर तस्करी गर्ने योजना बनाएको आरोप छ। गोप्य स्रोतबाट सूचना पाएपछि पुलिसले दुवै लागूऔषध कारोबारीलाई रंगेहात पक्राउ गरेको हो। अर्कोतर्फ कालियाचक पुलिस चौकीले गए राति अलिपुर इलाकाबाट लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। अभियुक्तबाट २८१ ग्राम ब्राउन सुगर बरामद भएको छ। अभियुक्तको नाम धनञ्जय भक्त बताइएको छ। पुलिस स्रोतका अनुसार दुई ठाउँबाट बरामद भएको ब्राउन सुगरको मूल्य करिब ५५ लाख रुपियाँ रहेको छ।

About Author

Advertisement