दीपम विवादमा सर्वोच्चको कडा आदेशपछि प्रधानमन्त्रीले लेखे: ‘भगवान् मुरुगनको जय’

IMG_beac6d47-c087-4dab-a1fa-9450ace844cc

​नयाँ दिल्ली: भारतको तमिलनाडुस्थित थिरुपरनकुन्द्रम पहाडीको दीपम विवादमा सर्वोच्च अदालतले कडा आदेश दिएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा तमिल भाषामा तीन पटक ‘भगवान् मुरुगनको जय’ लेखेका छन्। शुक्रबार अदालतले विवादित दीपथुन स्तम्भमा दीप बाल्न दिएको पुरानो आदेश पालना नभएको भन्दै तमिलनाडु सरकार र मन्दिर प्रशासनलाई कडा फटकार लगाएको थियो।
​सर्वोच्चले २० नोभेम्बरमा कार्तिगई दीपम उत्सवका अवसरमा २४ नोभेम्बरमा दीपथुन स्तम्भमा पारम्परिक दीप बाल्न आदेश दिएको थियो। तर, प्रशासनले तोकिएको स्थानको साटो उचिपिल्लैयार मण्डपममा दीप बालेपछि अदालतले यसलाई ‘खुला र जानीजानी गरिएको अवज्ञा’ ठहर गरेको छ। अदालतले शनिबार सोही निर्धारित दीपथुन स्तम्भमा दीप बाल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
​आदेश अवहेलना गरेको अभियोगमा सर्वोच्चले तमिलनाडुका मुख्य सचिव, प्रहरी महानिरीक्षक (डीजीपी) र मदुरैका जिल्ला कलेक्टरसहितका वरिष्ठ अधिकारीलाई अवहेलना नोटिस जारी गरेको छ। साथै, मन्दिरको न्यासी बोर्ड (बोर्ड अफ ट्रस्टिज) निलम्बन गर्दै मद्रास उच्च अदालतका दुई पूर्वन्यायाधीशलाई प्रशासनिक ‘रिसिभर’ नियुक्त गरिएको छ। दरगाहबाट कम्तीमा ५० मिटर टाढा रहेको उक्त स्थल र मन्दिर क्षेत्रको सुरक्षा जिम्मा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) लाई दिइएको छ।
​

About Author

Advertisement