दिव्याङ्गहरूलाई कृत्रिमअंग प्रदान

IMG_20221219_173659.jpg

मालदा। मारवाडी युवा मञ्चका पदाधिकारीले विभिन्न घटनाका कारण शरीरबाट हातखुट्टा छुट्टिएका दिव्याङ्गलाई कृत्रिम हात खुट्टा दिने व्यवस्था गरेका छन्। सोमबार माल्दा सहरको गान्धी धर्मशाला परिसरमा एक कार्यक्रममार्फत दिव्याङ्गहरूलाई कृत्रिम अंग प्रदान गरिएको थियो। सो अवसरमा अङ्ग्रेजीबजार नगरपालिकाका अध्यक्ष कृष्णेन्दु चौधरी, उपाध्यक्ष बबला सरकारलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। मारवाडी युवा मञ्चका अध्यक्ष कैलास शर्माले आज लगभग एक सय दिव्याङ्गलाई कृत्रिम अंग प्रदान गरिएको बताए। कार्यक्रम आज विशेष दर्ता मार्फत सम्पन्न भएको हो। यस प्रकारको कार्यक्रम विगत ११ वर्षमा एक पटक गरिएको थियो। यो काम मारवाडी युवा मञ्चले नयाँ पहलका साथ सुरु गरेको हो।

About Author

Advertisement