दिलीप घोषले गोर्खा जातिको इतिहास बुझ्नु जरुरी छ: के. बी. वातर

IMG-20230425-WA0263.jpg

बिजनबारी: भारतीय जनता पार्टी राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले दिएको वक्तव्यमाथि सिपीआइएम पार्टीद्वारा घोर विरोध जनाएका छन। उक्त बिषयमा आज सिपीआइएम पार्टीका वरिष्ठ नेता के. बी. वातरले बोल्दै भने भारतीय जनता पार्टीले धेरै पल्ट दार्जिलिङबाट विधायक अनि संसादहरू पाइसकेता पनि गोर्खा जातिले न्याय पाउन सकेका छैनन्। दिलीप घोष जस्तो गोर्खा विरोधी सोचहरूले गर्दा नै गोर्खा जातिले दु:ख पाइएको हो भने दार्जिलिङ कहिले बङ्गालको हिस्सा थिएन अनि हुँदै पनि। दिलीप घोषले पहिले गोर्खा जातिको इतिहास बुझ्नु जरुरी छ। गोर्खा जातिको आफ्नो भाषा, कला अनि संस्कृति रहेको उनले थप जनाएका छन्।

About Author

Advertisement