दार्जीलिङ भीजन र एचएफए अफिसियल्स सेमिफाइनलमा, सुबोथ एफए फाइनलमा

photocollage_2023729114557107.jpg

२९ जुलाईः खरसाङको हिल्स फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा खेलिएको पहिलो म्याचमा दार्जीलिङ भीजन भेटरन्सले सुकना भेटरन्सलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमका विनोद प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दोस्रो म्याचमा हिल्स फूटबल एकाडमी (एचएफए) अफिसियल्सले बतासे दार्जीलिङ भेटरन्सलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। विजेता टीमका अजय लामालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी शुक्रवारदेखि महिला फूटबल टुर्नामेण्ट पनि शुरु भयो। यसमा सुबोथ फूटबल एकाडमीले सौरेनीको रविन्द्रनाथ हाई स्कूललाई पेनल्टी शूटआउटमा ३-१-ले पराजित गरी फाइनलमा स्थान बनायो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमका निशा गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड भेटरन्स र महिला दुवै टुर्नामेण्टको फाइनल ६ अगस्तमा हुने हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले बताएका छन्।

About Author

Advertisement