दार्जीलिङ चौरस्तामा दलाई लामाको समर्थनमा विरोध प्रदर्शन

baa83bdc-37de-418f-9337-2f9c545c4719-1

दार्जालिङ: गत केही दिन अघि बौद्ध धर्मगुरु दलाई लामाले चुम्बन गरेकाे भिडियो सामाजिक सञ्जालहरूमा भाइरल बनेको थियो। धर्मगुरु दलाई लामाले आफ्ना अनुयायीहरूलाई स्नेह-माया प्रदान गरी आशिर्बाद दिएको तर नेशनल मिडियाहरूले साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई शारीरिक सम्पर्क राख्न खोजेको भन्दै गलत प्रचार गरेकाे बिरोधमा आज दार्जीलिङको चौरस्तामा बुद्धिष्ट धर्मावलम्वीहरूले बिरोध जुलूसको आयोजना गरी बिरोध जनाएका छन्। यस विषयमा बुद्धिष्ट धर्मावलम्वीहरूसँगको प्रेस वार्तामा, धर्मगुरु दलाई लामालाई अपमान गरिएको साथै उनको गरीमालाई धमिल्याउन खोजिएको भन्दै, नेसनल मीडिया साथै यस विषयमा ज-जसले यस किसिमको भ्रामक समाचार सम्प्रेषण गरेका छन्, तिनीहरूले माफी माग्नु पर्ने मांग गरेका छन्।

About Author

Advertisement