दार्जीलिङमा एडभोकेसी जर्नलिज्ममाथि दुई दिवसीय कार्यशाला शुरु

IMG-20240321-WA0194.jpg

दार्जीलिङ: युनिसेफ पश्चिम बंगाल र कोलकोता प्रेस क्लबको आयोजनमा आजदेखि दार्जीलिङमा दुई दिवसीय एडभोकेसी जर्नलिज्ममाथि कार्यशाला शुरु भएको छ। उक्त कार्यशालाको उदघाटनी कार्यक्रमलाई प्रोजेक्ट डायरेक्टर डा. उमा शकंर पाण्डेले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण कोलकोता प्रेस क्लबको सभापति स्नेहाशिष सुरले राखेका थिए। उक्त कार्यशालाको पहिलो दिन डा. मृणाल च्याटर्जीले जर्नलिज्मको विकास र एडभोकेसी जर्नलिज्ममाथि कार्यशाला गराएका थिए।

त्यसरी नै हिमालय दर्पणको प्रमुख सम्पादक एंव वरिष्ठ पत्रकार शिबु छेत्री, कोलकोताका वरिष्ठ पत्रकार अमल सरकार, युनिसेफ पश्चिम बंगालको कम्युनिकेशन डायरेक्टर सुचोरिता वर्ध्दन, कोलकोता प्रेस क्लबको सभापति स्नेहाशिष सुर र डा. उमा शकंर पाण्डेले एडभोकेसी जर्नलिज्म र जर्नलिज्म विकासमाथि कार्यशाला गराएका थिए। यस कार्यशालामा दार्जिलिङ, कालेबुङ, खरसाङ, बिजनबारी, सोनादा आदि क्षेत्रबाट पत्रकारहरू उपस्थित रहेका थिए।

कार्यक्रममा परिचय आदान प्रदान र पत्रकारितामा विभिन्न समस्याहरू विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो। यस कार्यशाला विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रोजेक्ट डायरेक्टर डा. उमा शकंर पाण्डेले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement