दार्जीलिङका पत्रकार दिप गजमेर देव ऋषि नारद सम्मानद्वारा विभूषित

IMG-20240524-WA0295.jpg

दार्जिलिङ: दार्जीलिङका पत्रकार एवं दार्जीलिङ प्रेस गिल्डका अध्यक्ष दीप गजमेर देव ऋषि नारद सम्मानद्वारा विभूषित भएका छन्। विश्व संवाद केन्द्र दार्जीलिङको तत्वावधानमा दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनको पुस्तकालयमा आयोजित एक कार्यक्रममाझ नै पत्रकार दिप गजमेरलाई यो पुरस्कार प्रदान गरियो। यस कार्यक्रमको अध्यक्षता मेघराज छेत्रीले गरेका थिए भने विशिष्ट अतिथिहरुमा क्रमैले मदन कुमार सुब्बा, नरेन्द्र शर्मा, अशोक चौरासियाको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रममा देवर्षि नारद जयन्ती तथा पत्रकार अंलकारण समारोह विषय अशोक चौरासियाले प्रकाश पारेका थिए। नेपाली साहित्यका लब्ध प्रतिष्ठित गीतकार एवं कवि दल सिंह अकेलाले कविता वाचन गरिएको कार्यक्रममा पत्रकार एंव गायक सुनिल शंकरले गीत प्रस्तुत गरेका थिए।

दार्जीलिङका पत्रकार, साहित्यकार लगायत उपस्थित अतिथिहरुबीच पत्रकार दिप गजमेरलाई दोसल्ला ओडाएर स्मृति चिन्ह हस्तान्तरण गर्दै यस वर्षको महर्षि नारद सम्मानद्वारा सम्मानित गरियो। आज भएको सम्पूर्ण कार्यक्रमको सञ्चालन पत्रकार सिवानी छेत्रीले गरेकी थिइन्।

About Author

Advertisement