दार्जिलिङ हिमालयन रेलवेको इतिहासमा गोर्खाहरुको योगदान अतुलनीय छ: निर्देशक रिसभ चौधरी

03d9efff-eca7-4cab-8d30-31b2efe831cb

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीले दार्जिलिङ हिमालयन रेलवे विषयमा सिलगढीमा आफुले दिएको बयानको स्पष्टीकरण दिएका छन्। उनले खरसाङमा पत्रकारहरुले उक्त विवादस्पद बयान विषयमा सोधेका प्रश्नको उत्तरमा आफ्नोे स्पष्टीकरणमा भने, आँखाबिना देख्न सकिन्दैन, कानबिना सुन्न सकिन्दैन र रगतबिना नसा चल्दैन।‌ त्यसरी नै गोर्खाहरुबिना दार्जिलिङ हिमालयन रेलवेको इतिहास कल्पना पनि गर्न सकिन्दैन।’
उनले दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भईरहेको समर फेस्टिभल अन्तर्गत शुक्रवार सिलगढीमा दार्जिलिङ हिमालयन रेलवे लेप्चा, बंगाली र भारतीयहरुको रहेको बताएका थिए जसले विवाद उत्पन्न गरेको थियो। यसै विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीले भने, ‘मेरो भनाइलाई गलत तरिकाले लिइयो तर मेरो सम्पूर्ण वक्तव्यलाई सुने स्पष्ट हुन्छ।‌ मेरो भनाई दार्जिलिङ हिमालयन रेलवेको उन्नतिमा मुख्य भूमिका निर्वाह गर्ने विशेष समुदायको विषयमा चर्चा गर्नु थियो। डीएचआर गोर्खा समुदायप्रति ऋणि छन्। दार्जिलिङ हिमालयन रेलवेको इतिहासमा गोर्खाहरुको योगदान अतुलनीय छ। दार्जिलिङ हिमालयन रेलवेको अहिलेका गौरवमय अस्तित्व हुनमा पनि गोर्खाहरुको महत्वपूर्ण भूमिका रहेको छ।

About Author

Advertisement