दार्जिलिङ बालासन जल परियोजनाका कर्मचारीद्वारा विधायक नोमन राईलाई वह बुझाए ज्ञापन पत्र

1a70711a-248f-47e1-8a46-f8afc7463b6b

दार्जिलिङ: दार्जिलिङ बालासन जल परियोजनामा कार्यरत कर्मचारीहरूले मंगलवार दार्जिलिङस्थित भानुभवन कार्यालयमा दार्जिलिङका विधायक नोमन राईसँग शिष्टाचार भेट गरी आफ्ना विभिन्न मागहरू प्रस्तुत गरेका छन्। भेटका क्रममा कर्मचारीहरूले ८ जुन २०२६ मा पश्चिम बंगाल सरकारका क्याबिनेट मन्त्री अग्निमित्रा पाल, दार्जिलिङका सांसद राजु विष्ट, दार्जिलिङ तथा खरसाङका विधायकहरू र सम्बन्धित विभागलाई कर्मचारीहरूको स्थायीकरणको माग गर्दै बुझाइएको ज्ञापन पत्रबारे जानकारी गराएका छन्। यसको साथै हाल सरकार पक्ष र सम्बन्धित एजेन्सीबीच भइरहेको टेन्डर प्रक्रियामा दार्जिलिङका विधायकले कर्मचारीहरूको पक्षमा आवश्यक हस्तक्षेप गरिदिन अनुरोध गरेका छन्।कर्मचारीहरूको भनाइ अनुसार सरकारबाट जारी हुने दैनिक वा मासिक पारिश्रमिक सम्बन्धी कुनै पनि सर्कुलर वा अधिसूचनालाई उनीहरूले स्वागत गर्नेछन्। तर बालासन जल परियोजनामा विगत १८-१९ वर्षदेखि निरन्तर सेवा गर्दै आएका कर्मचारीहरूको लामो योगदान, परिश्रम र समर्पणको उचित मूल्याङ्कन गर्दै सरकारले स्थायीकरणसहित न्यायोचित निर्णय गर्नुपर्ने मागमा विशेष जोड दिइएको छ। यसै क्रममा कर्मचारीहरूले आफ्ना मागहरू समेटिएको अर्को ज्ञापन पत्र पनि विधायक
नोमन राईलाई बुझाएका छन्।
कर्मचारी संगठनका प्रतिनिधिहरूले यस विषयलाई थप स्पष्ट रूपमा अघि बढाउन तथा आवश्यक पहलका लागि आगामी केही दिनभित्र उत्तर बंगाल पीएचई विभागसँग पनि भेटघाट तथा छलफल गर्ने जानकारी दिएका छन्।

About Author

Advertisement