पहाडको शिक्षकमाथि राजनैतिक रङ्गले लतपत: अनित थापा

IMG-20220802-WA0155.jpg

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापाले दार्जिलिङ पहाडको शिक्षकमाथि अहिले चर्किएको मुद्दाबारे मुख खोलेका छन्। तिनले भने, यो राजनैतिक रङ्गले लतपत छ। जीटीए-मा शिक्षक नियुक्तिको कुनै सिस्टम नै छैन। दागोपाप-को समयमा नै एसएससी उडेको हो। जीटीए को सम्झौतामा एसएससी लागू हुनु पर्छ भनेर चुक्ती गरिएको हो तर आजसम्म लागू भएको छैन। आजसम्म सरकारले हाम्रो नानीहरूलाई अन्तरवार्ता लिएर जीटीएमा नियुक्ति दिने सिस्टम नै बनाउनु सकेको छैन। मैले मुख्य मन्त्रीसँगको आधिकारिक भेटमा पनि टीएम स्कूल सर्भिस कमिशन लागू हुनु पर्छ भनेर माग उठाएको छु। हाम्रो पढे लेखेका नानीहरु एसएससी परीक्षामा बस्नुदेखि (जी टी ए क्षेत्रको निम्ति) वञ्चित छन्। पहाडमा भोलिएण्टर शिक्षक भन्ने एउटा कन्सेप्ट सुरु गर्यो। तर मेरो अडान एसएससी माथि नै छ। तर जबसम्म एसएससी लागू हुँदैन कुनै पनि सिस्टमबाट हाम्रो नानीहरू शिक्षक नियुक्ति हुनु राम्रो नै हो। पहाडमा शिक्षक नियुक्ति गर्ने सिस्टम नै छैन, अब सिस्टम छैन भने पढेका नानीहरूले नौकरी नै नपाउनु? नौकरी पाएकोमा राजनीति गर्ने नेताहरु कस्तो नेता होला ? म सिस्टमको लडाई लड्दैछु। तिनले पहाडको शिक्षक माथि अहिले चर्किएको मुद्दा राजनैतिक रङ्गले लतपत रहेको दावी गरेका छन्।

About Author

Advertisement