सोनादा: सोनादाको शेर्पा गुम्बा भवनमा दार्जिलिङ ट्रक ड्राइभर एसोसिएसनको आयोजनामा सोनादा शाखा समितिद्वारा अवकाश ग्रहण समारोह कार्यक्रम सम्पन्न गरियो। उक्त समारोह कार्यक्रममा अतिथिको रूपमा दार्जिलिङ ट्रक ड्राइभर एसोसिएसनका भूतपूर्व सभापति चन्द्रमणि राई साथै भूतपूर्व सचिव राजेन छेत्री थियो।

त्यसरी नै अन्य अतिथिको रूपमा सोनादा प्रहरी अधिकारी मित्र देवान साथै फुर्बा तामाङ, ट्राफिक अधिकारी संजीब दत्त, कानुनी सल्लाहकार अमृत मादेन, छापाखाना सक्रिय कार्यकर्ता सुदिप प्रधान, दार्जिलिङ जिल्ला ट्रक मालिक संगठन सभापति साथै मूलसचिव, शेर्पा गुम्बाका सभापति अनि सचिव रहेको थियो। उक्त कार्यक्रममा सांस्कृतिक नृत्य अनि सांगीतिक कार्यक्रम पनि राखिएका थियोे। अवकाश ग्रहण गर्ने सदस्यहरूमा प्रदिप छेत्री, निमा छिरिङ डुक्पा, हेमन्त सिहं बिके, कुमार तामाङ, किरण तामाङ, पेमा तामाङ, किशोर गुरूङ, प्रेम राई, बिनोद थापा आदि थिए। उक्त कार्यक्रम रमेश शंकरले संचालन गरेका थिए।









