दार्जिलिङको साउथफिल्ड कलेजमा विश्व योग दिवस पालन

IMG-20250621-WA0018

दार्जिलिङ: आज दार्जिलिङको साउथफिल्ड कलेजमा विश्व योग दिवस पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यापिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा बिहान सात बजेदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी ५ बङ्गालका एएनओ प्रा. ज्ञानश्री प्रधानको नेतृत्वमा सबैले लगभग एक घण्टा योग अभ्यास प्रदर्शन गरेका थिए। कलेजका प्राचार्य डा. अनुराधा राई साथै अन्य प्राध्यापकगण साथै विद्यार्थीवर्गमा प्रा. ज्ञानश्री प्रधानले जीवनमा योगको महत्त्वबारे प्रकाश पार्दै भारत देशले विश्वलाई नै योगको माध्यमबाट शिक्षित तुल्याइरहेको तथ्यहरू विद्यार्थीवर्गमा साझा गरे। कार्यक्रममा प्रा. विशाल छेत्री, प्रा. प्रतिष्ठा गुरूङ, प्रा. विनय प्रधान, प्रा. सन्नी रावत, प्रा ब्राइसन लेप्चा, प्रा. श्रीकृष्ण सरकार, प्रा. शङ्कर कर, प्रा. प्रियंका मुखिया, प्रा मन्दिका सिन्हा, प्रा. नम्रता तामाङ, प्रा. नेहा राई, प्रा. प्रशान्त गुरूङ, प्रा. गौरव घोष आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement