दशैको टीका थाप्न वितिकै एडवाडर्स पूगे बाँढ पिडितहरूलाई समाग्री पूराउँन

Screenshot_20231025_155502_WhatsApp.jpg

दार्जीलिङ: सिक्किम बाँढ पिडितहरूको निम्ति हाम्रो पार्टीको निर्वाचित सभासदहरूले पूराए राहत समाग्री।गत केही दिन अधि आएको बाँढले सिक्किम लगायत दार्जीलिङ पार्वतीय क्षेत्रहरूको विभिन्न क्षेत्रहरू मा धेरै क्षति पूराएको छ।बाँढ पिडितहरूलाई राहत पूराउँन विभिन्न राजनैतिक दलहरूसंग संगै समाजिक संघ संस्थाहरू पनि लागि परेको छ। यसैक्रममा हिज मंगलबार आमा बाबाको हातको टीका लगाएर हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्स, हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष एंव निर्वाचित सभासद रोवर्ड छेत्री, सभासद प्रतीम सुब्बा,सभासद सन्नी बम्जन, नगरपार्षद गोपाल परियार सिक्किमको पाकिम राहत केन्द्रमा पूगेर सिक्किम बाँढ पिडितहरूको निम्ति विभिन्न सर समानहरू पूराए। त्यसपछि उनीहरू बंगालको रम्फु बाँढ पिडितहरूलाई सर समाग्रीहरू पूराए। पाकिम राहत केन्द्रमा सर समाग्रीहरू सोम्पिएपछि हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले अधि भने गत दिन आएको बाँढले सिक्किम लगायत दार्जीलिङको विभिन्न क्षेत्रहरूमा धेरै क्षति पूराएको छ। सिक्किम एउटा राज्य हो, दार्जीलिङ पाहाडको बाँढ पिडितहरूलाई भन्दा सिक्किमको बाँढ पिडितहरूलाई धेरै सहयोगहरू प्राप्त भई रहेको छ तर सिक्किम र दार्जीलिङको परिवारिक एंव खूनको सम्बंध छ। दशैको पर्वमा हामी त्यसै मौन बस्न सकेनौ र हामी अलिकति भए पनि सर समाग्रीहरू लिएर आयौ। बाँढले सिक्किमलाई धेरै क्षति पूराएको छ, मानिसहरूको ज्यान समेत गएको छ, उनीहरू अहिले धेरै दुखमा छ, हामी उनीहरूको दुखमा केवल सानो सर समाग्रीहरूले आत्मासात गर्न मात्र आएका हौ तिनले भने।हाम्रो पार्टी एंव सभासद अजय एडवाडर्सको टोलीले पाकिम राहत केन्द्रपछि रम्फु रिलिफ क्याम्पमा पूग्यो अनि त्यहाँ पनि बाँढ पिडितहरूको पनि सर समाग्रीहरू सोम्पिए।हाम्रो पार्टी एंव सभासदहरूले बाँढले क्षति पूराएको खबर फैलिन साथ बाँढ पिडितहरूलाई सहयोग पूराउदै आई रहेको छ।

About Author

Advertisement