दरामदिन क्षेत्रमा एसडीएफ-को पहिलो चरणको सिक्किम बचाऔँ अभियान समाप्त

IMG-20230428-WA0363.jpg

गान्तोक: पश्चिम सिक्किमको दरमदिन निर्वाचन क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको प्रथम चरणको सिक्किम बचाऔँ अभियान एवं जनसम्पर्क अभियानको आज समापन भयो। पार्टीको क्षेत्रस्तरीय कार्यकारी समितिले उक्त कार्यक्रम विगत दस दिनदेखि यस क्षेत्रका विभिन्न स्थानहरूमा आयोजना गर्दै आइरहेको थियो। दशौं दिनको समापन कार्यक्रम लुङचोक निवासी प्रदीप छेत्रीको निजी खेलमैदानमा स्थानीय वरिष्ठ नागरिक टेक बहादुर छेत्रीको अध्यक्षता सम्पन्न गरियो।

पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार समापन कार्यक्रममा क्षेत्रका केही जनता एसडीएफ पार्टीमा सामेल हुनको साथै आ-आफ्नो घर आँगनमा पार्टीको झण्डा उत्तोलन गरे। कार्यक्रममा विभिन्न वक्ताले राज्यको राजनीतिक गतिविधि र परिस्थितिमाथि विचार साझा गर्दै सिक्किम बचाउन एसडीएफ पार्टी कसरी प्रतिवद्ध छ भन्ने विषयलाई प्रकाश पारे।को पनि विज्ञप्तिमा थप उल्लेख गरिएको छ। कार्यक्रममा पार्टीका उपाध्यक्ष डा. एडी सुब्बा, महासचिव पीएन शर्मा, सोरेङ जिल्ला अध्यक्ष एमएमस सुब्बा, प्रवक्ता अरुण लिम्बू साथै अन्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement