दक्षिण एसियाली बडीबिल्डिङमा सिक्किमकी अर्पनालाई स्वर्ण र रजत पदक

Screenshot_20260703_225637_Instagram

​गान्तोक/थिम्पु: भुटानको राजधानी थिम्पुमा सम्पन्न १६औँ दक्षिण एसियाली बडीबिल्डिङ एन्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिप २०२६ मा सिक्किमकी अर्पना गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो पदक जित्न सफल भएकी छिन्। उनले प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्दै एक स्वर्ण र एक रजत पदक देशको पोल्टामा हालेकी हुन्।
​अर्पनाले महिला मोडल फिजिक्स (१५५ सेन्टिमिटरभन्दा माथि) को विधामा सानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्। यसका साथै, अत्यन्तै प्रतिस्पर्धात्मक मानिएको महिला स्विमसूट फिजिक्स मोडल (खुला) विधामा उनले रजत पदक प्राप्त गरिन्।
​अन्तर्राष्ट्रिय मञ्चमा सिक्किम र समग्र देशको नाम रोशन गरेकी अर्पनाको यस ऐतिहासिक सफलतालाई लिएर सिक्किमका खेलकुद प्रेमी तथा विभिन्न सङ्घसंस्थाहरूले खुसी व्यक्त गर्दै बधाई दिएका छन्। थिम्पुमा जारी यस प्रतिष्ठित दक्षिण एसियाली च्याम्पियनसिपमा क्षेत्रका अन्य मुलुकका खेलाडीहरूलाई पछि पार्दै अर्पनाले यो सफलता चुमेकी हुन्।

About Author

Advertisement