उत्तर बंगालका प्रतिभाशाली सेण्टर फरवर्ड इस्माइल तामाङले त्रिपुराबाट सन्तोष ट्रफी (हीरो सीनियर मेन्स नेशनल फूटबल च्याम्पियनशीप)- मा हिस्सा लिनेछन्। सिलगढ़ी युनाइटेड एफसी- का कप्तान इस्माइलले सोमवार नयाँ दिल्ली प्रस्थान गर्नेछन्। टुर्नामेण्टमा त्रिपुराको पहिलो म्याच २३ दिसम्बरमा दिल्ली विरुद्ध रहेको छ। गत केही सालदेखि विभिन्न टुर्नामेण्टहरूमा असल प्रदर्शन गर्दै आएका २६ वर्षीय इस्माइल अब राष्ट्रिय स्तरको टुर्नामेण्टमा आफ्नो छाप छोड़्न तयार छन्।










