तोप्देन भोटियाँ हाम्रो पार्टीमा सामेल

IMG-20230327-WA0253.jpg

दार्जीलिङ: तोप्देन भोटियाँ हाम्रो पार्टीमा भए सामेल।शहरको नेरू रोड स्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि बास स्थानमा आज तोप्देन भोटियाँ हाम्रो पार्टीमा सामेल भए। पार्टी अध्यक्ष अजय एडवाडर्सले तोप्देन भोटियाँलाई खदा लगाएर पार्टीमा स्वागत जनाए। यस अवधि पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ,केन्द्रीय प्रबक्ता श्याम गौतम,शारदा राई सुब्बा आदि उपस्थित थिए। तोप्देन भोटियाँले विगतका गोर्खाल्याण्ड आन्दोलनहरूमा कालेबुङ क्षेत्रहरूमा एक सक्रिया कार्यकर्ताको रूपमा अहम भूमिकाहरू निभाएका थिए।गोर्खाल्याण्ड आन्दोलन का उनी एक इमान्दार कार्यकर्ता हुन।हाम्रो पार्टीले आफ्नो संविधानको टुप्पोमा नै छुटटै राज्य गोर्खाल्याण्डको उलेख गरेको छ। पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो सम्भाषणहरूमा छुटटै राज्य गोर्खाल्याण्डको गठनले मात्र गोर्खाहरूले न्याय पाउने छ भन्दै आई रहेको छ।

About Author

Advertisement