तृणमूल बुथ कमिटीको रिपोर्ट लिन तृणमूल अलिपुरद्वार जिल्ला सभापतिको सभा

8ea0c235-41f9-47af-82bf-cdbd8c90e768


कालचिनी-
आगामी त्रिस्तरीय पञ्चायत चुनाउलाई गिद्धे नजर गर्दै सत्तारूढ़ तृणमूल कङ्ग्रेसले राजनैतिक सभाहरू गर्दै आइरहेको क्रममा आज कालचिनी ब्लक तृणमूल कार्यालयमा अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकको उपस्थितिमा ब्लक अनि अञ्चलका नेतृत्वहरूलाई लिएर एउटा सभा सम्पन्न भयो| सो सभामा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उरॉंव लगायत ब्लक महिला सभापति चन्द्रा नार्जीनारी लगायत कालचिनी खण्डको ११ वटै अञ्चल नेतृत्वहरूको उपस्थिति रहेको थियो भने सभामा प्रत्येक बुथहरूको कमिटीबारे रिपोर्ट लिएको जिल्ला सभापति प्रकास चीक बडाईकले जनाएका छन्| आगामी पञ्चायत चुनाउमा तृणमूलको जीत सुनिश्चित रहेको र २४ सालमा सम्पन्न हुने लोकसभा चुनाउमा पनि तृणमूलले विजय हासिल गर्ने तिनले दाबी गरेका छन्|

About Author

Advertisement