तृणमूल छात्रा परिषदद्वारा विरोध प्रदर्शन

कालचिनी। शारदा नारदा स्क्यान्डलमा जड़ित भाजपा नेता शुभेन्दु अधिकारी विरुद्ध आज विक्षोभ प्रदर्शन गर्दै तृणमूल छात्रा परिषद कालचिनी ब्लक कमिटीको पक्षबाट कालचिनी चौपतिमा टायर जलाएर विरोध प्रदर्शन गरियो। तृणमूल छात्रा परिषद (टीएमसीपी) कालचिनी ब्लक सभापति हैदर अली अन्सारीले शुभेन्दु अधिकारी जस्तो भ्रष्ट भाजपा नेतालाई पक्राउ गर्नुपर्ने दाबी गर्दै केन्द्रको सीबीआईले कठपुतली बनेर काम गरिरहेको र सारदा नारदा चिटफन्ड स्क्यान्डलमा जड़ित शुभेन्दु अधिकारीहरूलाई आज भाजपाको ट्याग लागेकोले निर्धक्क घुमिरहेको बताउँदै शुभेन्दु अधिकारीलाई पक्राउ गर्ने टीएमसीपीको मूल दाबी रहेको जनाएका छन्।
ज्ञात रहोस, आज फालाकाटामा शुभेन्दु अधिकारीको आगमनमा भाजपाले मोदी सरकारको ८ बर्षपूर्ति गरेकोमा जनसभा गरिरहेको छ भने शुभेन्दु अधिकारीको आगमनलाई केन्द्र गरेर टीएमसीपीले यो विरोध प्रदर्शन गरेका थिए।

About Author

Advertisement