कालचिनी: आगामी २८ अगस्तको दिन तृणमूल छात्रा परिषदको स्थापना दिवस र यसलाई केन्द्र गरेर कलकत्तामा तृणमूल छात्रा परिषदको समावेश हुने भएकोले आज कालचिनी ब्लकको ११ वटै अञ्चलका छात्रा प्रतिनिधिहरुलाई समेटेर कालचिनी स्थित तृणमूल कार्यालयमा एउटा सभा सम्पन्न भएको तृणमूल छात्रा परिषद कालचिनी ब्लक सभापति हैदर अली अन्सारीले जनाएका छन।
आज उक्त सभामा छात्रा परिषदले आगामी ३ अगस्तदेखि प्रत्येक बूथहरुमा प्रस्तुति सभाको आयोजना गर्ने र आगामी १६ अगस्तको दिन जयगाउँ ननी भट्टाचार्य स्मारक महाविद्यालयमा विराट प्रस्तुति सभाको आयोजना गर्ने तय गरिएको र २९ अगस्तको दिन कालचिनी ब्लकबाट प्रायः ७०० छात्राहरु स्थापना दिवसमा सहभागी बन्न कलकत्ता प्रस्थान गर्ने पनि तय भएको हैदर अली अन्सारीले जनाएका छन।









