तृणमूल कार्यकर्ता सहित चार पक्राउ

IMG-20230408-WA0112.jpg

कोलकाता: पंचायत चुनाउअधि दक्षिण २४ परगना जिल्लाको केनिङमा हतियारहरूको साथ पुलिसले तृणमूल कार्यकर्ता सहित चार जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई दक्षिण केनिङ थानाको बाहिर्या सोना क्षेत्रबाट पक्राउ गरिएको हो। आइतवार राति एक कारमा चार जना केनिङबाट बरूईपुरतिर गईरहेका थिए। पुलिसले उनीहरूसित हतियार छ भन्ने सुचना पाएपछि उनीहरूको पिछा गन थाल्यो। पुलिसलाई देखी उनीहरूले कार लिएर भाग्ने प्रयास गरे यसबाट उनीहरूमाथि पुलिसको शंका अझ बढ्यो र धेरै राउण्ड कारतूस उद्धार गरिएको छ। धेरै क्याश पनि उद्धार भएको छ। पुलिस सूत्रहरू अनुसार, पक्रा परेका मानिसहरूमा खलील अली मुल्ला, अमीनुद्दीन मोल्लू, रमजान मुल्ला र नजरूल लश्कर सामेल छन्। पक्रा परेका सबै जना केनिङका बासिन्दा हुन्। आरोपितहरूमाथि धेरै हत्या र डकैटीको आरोप छ। पुलिस अनुसार, आरोपित खलील मोल्ला केनिङ थानाको तेङ्गरखालीको बासिन्दा हो। आरोपित एक संक्रिय तृणमल कार्यकर्ताको रूपमा चिनिन्छ। उसले तीन वर्ष पहिले तृणमूल प्रमुखको पतिको हत्या गरेको थियो सूत्रहरू अनुसार, यस पाली पनि उसले तृणमूलको एक नेतालाई ज्यानले मार्ने धमकी दिएको थियो। यद्यपि, योजना विफल भयो र पुलिसले उसलाई उसका साथीहरूको साथ रेड ह्याण्डेड समायो।

About Author

Advertisement