तृणमूल कांग्रेस नेत्री सायोनी घोषको जवाफबाट ईडी असन्तुष्ट, फेरि केरकार गर्ने

IMG-20230528-WA0320-5-300x172-2

कोलकाताः बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा तृणमूल कांग्रेसकी युवा शाखा अध्यक्ष सायोनी घोषको जवाफबाट ईडी सन्तुष्ट छैन्। उनले सही जवाफ नदिएको बताइएको छ। उनी शुक्रवार बिहान लगभग ११ः३० बजी ईडी कार्यालय पुगेकी थिइन्। उनीसॅंग लगभग ११ घण्टा सोधपुछ भयो।

ईडी सूत्रहरू अनुसार, सायोनीले जॉंच अधिकारीहरूलाई दिग्भ्रमित गर्ने प्रयास गरिन्। यस कारण पॉंच जुलाईमा फेरि उनलाई कार्यालय बोलाइएको छ। यस मामिलामा पक्रा परेका तृणमूल नेता कुन्तल घोष र अयन सीलको सम्पत्तिको दस्तावेजहरूको जॉंचमा सायोनीको बारेमा जानकारी प्राप्त भएको थियो। सायोनीको अकाउण्टमा संदिग्ध लेनदेन भएको आरोप छ। सायोनीले आफ्ना नजिकका मानिसहरूलाई केन्द्रिय एजेन्सीहरूले जति पल्ट सोधपुछको निम्ति बोलाउने छन्, उनी उपस्थित हुने बताएकी छन्।

-हिस

About Author

Advertisement