तृणमूल कांग्रेसले सीपीएम उम्मेदवारलाई उम्मेदवारी दर्ता गर्नबाट रोकेको आरोप

00-1-Chhetriya-Samachar-3

सिलगढी: उम्मेदवारी दर्ताको अन्तिम दिन राजगञ्ज बीडीओ कार्यालयमा केही समय तनाव भयो। राजगञ्जको सुखानी क्षेत्रको सुभाषपल्ली निवासी सीपीएम उम्मेदवार रीना दासलाई उम्मेदवारी दर्ता गर्न गएको बेला तृणमूलका केही सदस्यहरूले रोकेर उनको उम्मेदवारीपत्र लिएको सीपीएमले आरोप लगायो। त्यसपछि राजगञ्ज बीडीओ कार्यालय अगाडि सीपीएमको क्षेत्रीय समितिका सदस्यहरूले पुलिससमक्ष आवाज उठाएका थिए। फलस्वरूप अस्थायी तनाव बढ्यो। यद्यपी तृणमूलले उक्त आरोपको खण्डन गरेको छ। राजगञ्जका विधायक खगेश्वर रोयले विपक्षीले भ्रामक प्रचार गरिरहेको बताएका छन्। जनताले भोट हाल्छन्। जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकमा कतै पनि तृणमूल कांग्रेसको दादागिरी भन्ने कुरा छैन। यस पटक जलपाइगढीका जनताले पञ्चायत चुनाव २०२३ मा कुनै झन्झट बिना मतदान गर्नेछन्।

About Author

Advertisement