तृणमूल कंग्रेस प्रार्थी धुर्ब बमजनकाे चुनाउ कार्यालय उद्धघाटन

मिरिक। सियाेक गाेपालधारा ओकाइटी समष्टिका तृणमूल कंग्रेस प्रार्थी धुर्ब बमजनकाे चुनाउ कार्यालय मंगलबार मिरिक नगरपालिका वार्ड नम्बर एक नीज गाँउमा गरियाे।प्रार्थी धुर्ब बमजनले नरियल फुटाएपछि हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईले रिवन काटेर चुनाउ कार्यालयकाे उद्धघाटन गरे। यस अवसरमा तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, युवा महकुमा अध्यक्ष साेबन घिसिङ, नगर पार्षद संजीव लामा,भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष समीर राई, सियाेक गाेपालधारा ओकाइटी समष्टि अध्यक्ष अमित याखा देवान, सचिव प्रवीण राई लगायत तृणमूल कंग्रेस अनि भागाेप्रमाेकाे समर्थकहरू उपस्थित थिए।अबउसाे चुनाउ कार्यालयबाट नै सम्बन्धि सम्पूर्ण क्रियाकलाप गरिने हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईले जानकारी गराँउदै पार्टीले एक स्वच्छ छवि भएकाे इमान्दार ब्याक्ति धुर्ब बमजनलाई चुनाउ मैदानमा उतारेकाे छ। जसलाई धेरैभन्दा धेरै भाेटले जिताँउन पर्छ भने। तिनले तृणाूल कंग्रेस प्रार्थी धुर्ब बमजन असल मानिस हुन।उनमा मिरिकलाई केही गर्छु भन्ने भावना रहेकाे बताँउदै उनकाे स्वच्छ छवीकाे कारण नै उनकाे समर्थनमा धेरै मतदाताहरू अघि आइरहेकाे दाबी गरे। तिनले धुर्ब बमजनले चुनाउ जिती सकेका छन भन्दै चुनाउमा प्रतिद्वन्द्वीता गर्नेहरू सबैले जीतकाे दाबी गर्नु स्वभाविक हाे तर तृणमूल कंग्रेस प्रार्थी धुर्ब बमजनकाे समर्थनमा शहर, बजार, गाउँ, बस्ती अनि कुना कप्चाबाट अघि आइरहेकाेले उनकाे जीत सय प्रतिशत हुनेछ। यसमा हामी निश्चित छाै भने।

About Author

Advertisement