सिलगढी: दार्जिलिङ लोकसभा क्षेत्रबाट तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा आज रोड शो आयोजना गरिएको छ। तृणमूल नेता सोहम चट्टोपाध्याय, मन्त्री अरुप विश्वास, उम्मेदवार गोपाल लामा, विधाननगर ब्लक अध्यक्ष काजल घोष, उपाध्यक्ष रुमा रेशमी एका र अन्य कार्यकर्ताहरूले आज सिलगढी डिभिजनल काउन्सिल अन्तर्गत विधाननगरमा रोड शो गरे। उक्त रोड शोमा नेताहरुले करिब दुई किलोमिटर पैदल हिँडेर आगामी २६ तारिक हात हल्लाउदै मतदान गर्न जनतालाई अपिल गरेका थिए। मन्त्री अरुप विश्वासले पत्रकारहरुलाई भने कि दार्जिलिङ निर्वाचन क्षेत्रबाट आफू शतप्रतिशत आशावादी छन्।

आजको एसएससी उच्च अदालतको मुद्दा बारे सोध्दा उनले भने, “यसबारे म केही बोल्दिन, यो अदालतमा विचाराधीन मुद्दा हो।”









