तृणमूल उम्मेदवारको घर तोडफोड, उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले स्थितिको जानकारी लिए

2cfcd7d2-73c0-4a1d-aabf-32ddd24a94db

कुचबिहार: कुचबिहारको दिनहाटा भेटागढीमा तृणमूल प्रार्थीको घर तोडफोड गरेको भाजपा विरुद्ध अभियोग उठेको छ। गत अबेर राति साढे १२ बजी भेटागढीमा दिनहाटा १ नम्बर ब्लकको तृणमूलको ३९ नम्बर आसनका पञ्चायत समिति प्रार्थी राजीव कुमार बर्मनको घरमा तोडफोड गरेको आरोप रहेको छ। अभियोग अनुसार सर्वप्रथम दुष्कृतिहरूले तृणमूल प्रार्थीको घर बाहिरको बिजुलीको खाँबोमा लगाइएको लाइट, सीसीटीभी क्यामारा भत्काइदिएपछि घरको चारैतिरको टिनको बेरा भत्काइदिएको बताइएको छ। यसपछि ती दुष्कृतिहरूले अभद्र भाषामा गाली गलौच गरेर त्यहाँबाट गएको आरोप रहेको छ।

तृणमूलको पञ्चायत समितिका प्रार्थी राजीव कुमार बर्मनले बताएअनुसार गत राति उक्त घटना घटेको हो। भाजपा उक्त घटनामा संलग्न रहेको छ। दुष्कृतिहरूलाई चाँडै पक्राउ गरिनुपर्ने तिनले माग गरे। अर्कोतिर, तृणमूलद्वारा लगाइएको सबै आरोपहरू झुटो रहेको भाजपाले दावी गरेको छ।

About Author

Advertisement