तृणमूलले ज्योतिप्रियसँग दूरी बढ़ाउदै

west-bengal-minister-jyotipriya-malik-fainted-in-court-ed-has-arrestedc2b02784-147a-4250-9621-a1e62f5da9c5-415x250.jpg

कोलकाता: राशन वितरण भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व खाद्य मन्त्री एवं वर्तमान वन मन्त्री ज्योतिप्रिय मल्लिकसॅंग अन्ततः तृणमूल कांग्रेसले दूरी बढ़ाउन थालेकाे छ।

मिडियासॅंग कुराकानी गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले ज्योतिप्रिय मल्लिकले आफ्नो बचाउ आफै गर्नेछन् वा पार्टीले उनको निम्ति जे पनि भन्नु छ त्यो भन्नेछ भनेकी छन्।

यस अतिरिक्त पार्टीले पनि यस मामिलामा धेरै केही भनेको छैन। अब उत्तर २४ परगनामा तृणमूल कांग्रेसद्वारा आयोजित विजया सम्मेलनको ब्यानर र फ्लेक्सबाट ज्योतिप्रिय मल्लिकको फोटो हटाइएको छ। पार्टीको जिल्लाध्यक्ष भए तापनि उनको पक्राउपछि पार्टीले उठाएको यस कदमले ठूलो संकेत दिनेछ।

विजया सम्मेलनको निम्ति जुन ब्यानर र फ्लेक्स बनाइएको छ त्यसमा मुख्यमन्त्री ममता ब्यानर्जी, उनको भतीज अभिषेक ब्यानर्जी, विधायक विश्वजीत दासको फोटोहरू छन्, तर ज्योतिप्रिय मल्लिकको फोटो हटाइएको छ। गत वर्ष आयोजित विजया सम्मेलनको हरेक ब्यानरहरूमा ज्योतिप्रिय मल्लिकको फोटो थियो।

यस विषयमा विधायक विश्वजीतले भने, स्थानीय स्तरमा विजया सम्मेलनको आयोजन गरिएको हो। यसको जिल्लासॅंग कुनै लिनुदिनु छैन। यस कारण ज्योतिप्रियको नाम हटाइएको हो।

About Author

Advertisement