तुषारको ह्याट्रिकले क्वार्टर फाइनलमा पुग्यो एफसी बागडोग्रा

photocollage_2023728125245801.jpg

२८ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा एफसी बागडोग्राले क्वार्टर फाइनलमा स्थान स्थान सुरक्षित गऱ्यो। बिहीवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको दोस्रो राउण्डको म्याचमा एफसी बागडोग्राले सिलगढ़ी एएफसी-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट तुषारले ह्याट्रिक गरे। उनले २५औं, ४६औं र ५९औं मिनटमा गोल गरे। यसरी सिलगढ़ी एएफसी-बाट राजले १५औं र राहुलले ३४औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement