‘तुलसी कश्यप’ स्मृति पुरस्कार असमका ज्ञानबहादुर छेत्रीलाई प्रदान गरिने

Untitled-1-copy-2

गान्तोकः तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमले यस वर्षको ‘तुलसी कश्यप’ स्मृति पुरस्कार असमका ज्ञानबहादुर छेत्रीको समालोचना पुस्तक “उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरू” लाई प्रदान गर्ने निधो गरेको छ। प्रतिष्ठानको सभाले उक्त निर्णय लिएको जानकारी प्रतिष्ठानका समन्वयक डिल्लीप्रसाद अधिकारीले प्रेस विज्ञप्तिमा दिएका छन्‌।

तुलसी ‘कश्यप’ स्मृति पुरस्कार प्रत्येक वर्ष नेपाली साहित्यका पुस्तक मध्येबाट चयन गरेर प्रदान गर्ने गरिन्छ। पुरस्कारमा नगद रू. ५१०००, प्रसस्ति-पत्र र स्मृति चिन्ह प्रदान गरिन्छ। ज्ञातव्य छ, ज्ञानबहादुर छेत्री नेपाली साहित्यका एक प्रखर समालोचक हुन्‌। नेपाली साहित्यमा आसाम भेकबाट उनले धेरै योगदान दिएका छन्‌। ज्ञानबहादुर छेत्रीलाई तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान सिक्किम हार्दिक बधाई ज्ञापन गरेको छ।

About Author

Advertisement