तुइन र फड्केले जोडियो उत्तरी नाका तातोपानी

IMG-20241004-WA0231

भद्रपुर: भोटेकोशीको बेलिब्रीज बगेपछि ठप्प बनेको उत्तरी नाका तातोपानी नाकालाई लार्चामा तुइन र फड्के बनाएर जोडिएको छ। भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने कोदारी राजमार्ग २६ किलोमिटरको लार्चामा बेलिब्रीज र लिपिङमा मोटरबेल पुल बगेयता सीमाक्षेत्रको राजधानी जोड्ने सडक सम्पर्क पूरै टुटेको थियो।
त्यसयता स्थानीय आउजाउ गर्ने माध्यम नभएपछि तुइन र फड्के जोडिएको भोटेकोशी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठले बताए। उनका अनुसार सडक डिभिजनको एक र गाउँपालिकाकै खर्चमा एक गरी दुई वटा एक्स्काभेटर, टिपर प्रयोग गरेर ह्युम पाइप राखेर सडक बनाउनेलक्ष्यका साथ काम भइरहेको छ। ‘तुइनबाट आउजाउ भइरहेको छ, तर तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण हुने भएकाले फड्के हाल्ने काम अन्तिम चरणमा पुगिसकेको छ,’ वडाध्यक्ष श्रेष्ठले भने। भोटेकोशी खोलाको सतह अझै नघटेकाले दुई दिनभन्दा बढी समय लाग्ने देखिएको उनको भनाइ छ।
शनिबार भोटेकोशी नदीले सीमा क्षेत्रको पुरानो भ्यान पार्किङदेखि भोटेकोशी गाउँपालिका-४ गोलेपा पाङशेर्पु गाउँ जोड्ने भित्री भागको केही सडकसहित अर्को बेलिब्रिज बगाएको थियो। लिपिङ खोला उर्लिंदा लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुलको ठूलो भाग नै ध्वस्त भएपछि तीसहित क्षतिग्रस्त राजमार्गको विभिन्न खण्डमा मर्मतको काम थालिएको छ। यसअघि गाउँपालिकासँग भएको पुरानो तुइन नै आहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको भोटेकोशी-३ का अध्यक्ष निमासोना शेर्पाले बताए।
दसैँका सामग्री कन्टेनरमा थन्किएका छन्, ती सबै लार्चापारी भन्सार पार्किङ, लिपिङमा छन्, धेरैजसो खासा र न्यालम क्षेत्रमा छन्, तुइनबाट सामाग्री ओर्सान सम्भव छैन्, त्यसकारण सडक जोड्नुको विकल्प छैन्। काठमांडू जोड्ने विकल्प नभएपछि भन्सार प्रक्रिया सकेर राजधानी हिँडेका दसैँका करोडौं सामग्री बोकेका २ सयभन्दा बढी कन्टेनर रोकिएको चार दिन भइसकेको छ।
मितेरी पुलबाट करिब ५ किलोमिटर पश्चिम लार्चास्थित भोटकोशीमाथिको यो नदीले पुल बगाएसँगै यसबाट उक्तक्षेत्रमा बस्दै आएका २५ हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन्।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार दसैँको सामग्री बोकेका चार सय कन्टेनर चीनको खासा, न्यालममा अड्किएका छन् भने लार्चामा बेलिब्रिज नहुँदा १ सय ५० कन्टेनर तातोपानी सुक्खा बन्दरगाह तथा भन्सारमा अड्किएका छन्। तातोपानीका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईका अनुसार भोटेकोशीको सतह घटेपछि लार्चामा ह्युम पाइप राखेर सडक जोडिने र खासामा रोकिएका कन्टेनर भन्सार यार्डमा ल्याइने योजना छ।
मितेरी पुलबाट केही पर रहेको लिपिङ बजार जोड्ने मुख्य लिपिङ पुल जोखिमपूर्ण भएका कारण कन्टेनर आउजाउ गर्न सम्भव नभएपछि चीनबाट आएका ४० भन्दा बढी कन्टेनर लिपिङ र चीनपारि छन्। ‘खासा र तिब्बतका अन्य ठाउँगरी चार सयदेखि पाँच सय कन्टेनर सामग्री अड्कीएका छन्।

About Author

Advertisement