राजगञ्ज: राजगञ्ज पुलिसले किशोरीमाथि दुष्कर्म गरेको आरोपमा एकजना बृद्धलाई पक्राउ गरेको छ। घटना राजगञ्जको शिकारपुर ग्राम पञ्चायत क्षेत्रमा घटेको हो। आरोपिको नाम मन्टुलाल दास(६५) भनिएको छ। आरोप छ कि ६५ वर्षीय यस बृद्धले धम्की दिएर विगत तीन वर्षदेखि किशोरीको यौन शोषण गर्दै आइरहेका थिए। किशोरी उसको छिमेकी बताइएको छ। १७ वर्षे किशोरीको गर्भ बसेपछि यो खबर बाहिरिएको हो। आरोप छ कि बृद्धले धम्की दिँदै कैनल र चियाबारीमा लगेर तीन वर्षदेखि यस किशोरीको यौन शोषण गर्दै आइरहेका थिए। ज्यानको डरले गर्दा किशोरीले मुख खोल्न सकिरहेकि थिइनन्।
यसैबीच परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएपछि शनिवार राजगञ्ज थानामा एउटा लिखित उजुरी दर्ता गराएका थिए। यसैको आधारमा पुलिसले शिकारपुरबाट उक्त बृद्ध व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरिएको छ। पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।









