तीन दिवसीय चेस प्रतियोगिताको समापन

IMG-20240820-WA0302

सिक्किमबाट पनि ग्राण्ड मास्टर जन्मिन सक्ने महेन्द्र ढकालको भनाइ

गान्तोक: सिक्किम चेस एसोसिएशनको पहलमा आयोजित तीन दिवसीय अन्तरविद्यालय चेस प्रतियोगिताको आज समापन भयो। गत १८ अगस्तदेखि विकास क्षेत्रको टाशी नामग्याल सरकारी उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित यस प्रतियोगितामा राज्यभरिका ४२ वटा विद्यालयबाट ५ सय भन्दा अधिक खेलाडीहरूले सहभागिता जनाएका थिए। आजको समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम सूचना आयुक्त कुबेर भण्डारी रहेका थिए। सिक्किम राज्यले चेसको क्षेत्रमा छोटो अवधिमा धेरै प्रगति गरेको सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालले जानकारी गराए। उनले थप बताए अनुसार चेस खेललाई पेशाको रूपमा लिएर अघि बढन सकिने प्रशस्त सम्भावना रहेको छ। खेलाडीहरूलाई प्रोत्साहित गर्नको निम्ति अभिभावकवर्ग समेत तीन दिनसम्म आफ्नो नानीहरूलाई प्रेरणा दिने उद्देश्यले अघि आइरहेको देखेर उनले खुशी प्रकट गरेका छन्। आगामी दिनमा राज्यका खेलाडीहरू पनि ग्राण्ड मास्टर जन्माउन सकिने सम्भावना व्यक्त गरे। यस तीन दिवसीय प्रतियोगितामा टप टेनमा आउने खेलाडीहरूले आगामी दिनमा त्रिपुरामा हुने नर्थ इस्ट च्याम्पियनशीप प्रतियोगितामा सहभागिता जनाउने जानकारी गराए।

About Author

Advertisement